बाँके । बाँकेको नेपालगन्जमा एक महिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । कोरोना महामारीबाट थलिएको बाँकेमा लामो समयको अन्तरालमा सोमबारबाट पत्रकारीता तालिम सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले एक महिने आधारभुत पत्रकारीता तालिम सुरु गरेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।