बाँके बैजनाथ । वाल विवाह मुक्त गाउँपालिका बनाउन बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ मा विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
वालवालिकाको चौतर्फी विकास गर्नको लागि गाउँपालिकालाई बालमैत्री बनाउन आर्थिक वर्ष २०७८।७९ मा विशेष पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।
बाल विवाह अत्य कुरीति कुसंस्कार बालश्रम बालबालिका बेचबिखन कार्यलाई पूर्णरुपमा निरुत्साहित गरिने छ निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । वाल विवाह मुक्त गाउँपालिका बनाउन व्यापक प्रचारप्रसार का साथ प्रत्येक वडामा अभियान सञ्चालन गरिने बताइएको छ ।