बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रममा एक वडा एक पकेट क्षेत्र घोषणा गर्ने नीति अवलम्बन गर्ने भएको छ । कृषिमा आत्म निर्भर गाउँपालिका बनाउने उदेश्यले एक वडा एक पकेट क्षेत्र बनाउने योजना ल्याएको हो ।
कृषि पकेट क्षेत्रका लागि कृषकहरुलाई आवश्यक पर्ने मल, विउ सिचाइ प्रविधि र कृषी उत्पादनको बजारको सुनिश्चिताका लागि सहकारी मार्फत व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
यसै गरी निति तथा कार्यक्रममा एक घर बगैचा स्वास्थ र स्वच्छ वातावरण सुधारका लागि कागती तथा फलफूलका विरुवा रौप्नका साथै बाह्ै महिला ताजा तरकारी उत्पादनमा विशेष जोड दिने भएको छ ।
गाउँपालिकाले माछा पालकलाई प्रोत्साह गर्ने नीति लिएको छ भने बैजनाथ गाउँपालिकामा शित भण्डारका लागि प्रदेश तथा संघिय सरकार संग विशेष पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।