१५ बैशाख २०८१, शनिबार

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके ।  देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर आंशिक देखि सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech