१४ बैशाख २०८१, शुक्रबार

बलपूर्वक र नीति विपरितको बजेट अमान्यः उप मेयर
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९ का लागि ल्याएको बजेट नेपाली काग्रेस बाट निर्वाचित पदाधिकारीहरुले बलपूर्वक ल्याएको बताएका छन् ।

आज  पत्रकार सम्मेलन गर्दै नेपाली काग्रेस बाट निर्वाचित पदाधिकारीहरुले प्रस्तुत बजेट नै अबैध भनेका छन् । उनीहरुले स्थानीय निकायमा प्रतिपक्षको कल्पना नगरिएको तर बल पूर्वक र नीति विपरित ल्याइएको बजेट आफुहरुलाई मान्य नहुने बताएका छन् ।

कोहलपुर नगरपालिकाको ९ औँ नगर सभा यही अषाढ ७ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट माथि छलफल शुरु गरेको थियो ।

आर्थिक वर्षका लागि प्रस्तुत गरिइएको नीति तथा कार्यक्रम संशोधन गर्दै सबै निर्वाचित सदस्यहरुले सर्व सहमत रुपमा पारित गरेका थिए । संशोधित नीति तथा कार्यक्रम र त्यसको बजेटको आकारमा  कार्यपालिका सदस्यहरु र उप प्रमुख विच कुरा नमिल्दा   एक लौटि निर्वाचित सदस्य संख्याको (बहुमत) का आधारमा कोहलपुर नगरपालिकाको बजेट आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले प्रस्तुत गरेका थिए ।

संबैधानिक प्रावधान अनुरुप अषाढ १० गते भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने प्रावधान अनुरुप नितिगत रुपमा बजेट ल्याइएको कोहलपुर नगरपालिका मेयर (एल्बी)लुट बहादुर  रावतले बताएका छन् ।

रावतले सर्वसहमत रुपमा पारित नीति तथा कार्यक्रममा उल्लेखित शिर्षकहरुमा नै आर्थिक वर्षको बजेट ल्याइएको बताएका छन् ।

उनले   बजेट बह्त बहुमतका साथ पारित भएको बताए ।

बजेट प्रस्तुत नै नगर्ने अडान उप प्रमुख ज्यूले लिए पछि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा रहेको व्ययवस्था प्रयोग गर्दै आगामी वर्षको बजेट प्रस्तुत गरिएको कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजालले बताएका छन् । उनले पारित बजेट नेकपा एमाले र माओवादी केन्द्र बाट निर्वाचित सदस्यहरु सम्मेलित  बहुमत संख्याले पारित गरेको बताए ।  यो संवैधानिक  तरिकाले ल्याएको बजेट भएको  रिजालले  दावी गरे । ।

यता नेपाली काग्रेस बाट निर्वाचित उप प्रमुख सन्जु कुमारी थारु लगाएत सदस्यहरुले भने स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ को प्रकृया पुरा गरि पुनः बजेट ल्याउनु पर्ने माग नै राखेका छन् । उनीहरुले नीति तथा कार्यक्रम पारित भए पनि बजेट माथी कुनै छलफल नै नभएको बताएका छन् ।

 

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech