१३ बैशाख २०८१, बिहीबार

पुनर्बहाली भएका कर्णालीका चार सांसद मध्ये तीन सांसद पुनः निलम्बनमा
  • न्युज मानसराेवर

सर्खेत।कर्णालीको एमाले संसदीय दलले प्रदेशसभाका तीन जना सांसदलाई निलम्बन गरेको छ।सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्बन गरेको हो। एमाले संसदीय दलको बैठकको निर्णयअनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको पत्र प्रदेश सभा सचिवालयले जारी गरेको हो। निलम्बनमा परेका सबै सांसदहरु सरकारमा मन्त्री छन्। फ्लोर क्रस गरेका चार सांसद मध्ये प्रकाश ज्याला भने कारबाहीमा परेका छैनन्।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech