१२ बैशाख २०८१, बुधबार

मदन भण्डारी फाउण्डेशनको बाँकेमा अध्ययन शिविर शुरु
  • न्युज मानसराेवर

बाँके ।मदन भन्डारी फाउण्डेशन बाँकेको आयोजना तथा राष्टिय युवा संघ नेपाल र अनेरास्ववियु बाँकेको व्यवस्थापनमा नेपालगञ्जमा आजदेखि सप्ताहाव्यापी अध्ययन शिविर शुरु भएको छ । फाउण्डेशनका नेता तथा कार्यकर्तालाई अध्ययनशिल र बैचारिक बनाउन अध्ययन शिविरको आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष पदम धितालले जानकारी दिए  ।

६९ औ मदन जयन्तीका सन्दर्भमा आयोजित उक्त शिविरको आज पार्टी कार्यलयस्थित मदन भण्डारी अध्ययन कक्षमा नेकपा एमाले का केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाइको प्रमुख आतिथ्यता र पार्टी बाँकेका अध्यक्ष सूर्य ढकालको विशेष आतिथ्यतामा समुदघाटन गरिएको छ ।
अध्ययन शिविरमा माधव खत्री, आसुतोष गौतम, जय राना, आशिष चौधरी, पिजन श्रेष्ठ,सुशील खड्का, भूपेन्द्र केसी,महेशकुमार चौधरी, बिकल भट्टराई, शुभम शाही, बलिराजा थापा, राजेश सोनी, टोपेन्द्र कुमार केसी, विनयकुमार यादव, विकासविक्रम केसी र कृष्णचन्द्र ठकुरी गरी १६ जनाले भाग लिएको एमाले अध्यक्ष ढकालले जानकारी गराए ।

अध्यक्ष ढकालका अनुसार   शिविरमा प्रत्येक दिन मदन भण्डारी अध्ययन कक्षमा दिनभर सहभागिले अध्ययन गर्नुका साथै दिउँसो, १ बजे आधाघण्टा अन्तक्र्रिया गर्नेछन् । अन्तक्र्रियामा एमाले नेता देवराज भार, जिल्ला अध्यक्ष सूर्य ढकाल, किस्मतकुमार कक्षपति, प्रेम भुषाल, पुजन बिश्वकर्मा, पदम धिताल, अशोक कर्माचार्य, भीम ओलीलगायतले जनताको बहुदलीय जनवादको वारेमा प्रत्येक दिन पालैपालो सहजिकरण  गर्ने छन् ।

शिविरमा सहभागिलाई अध्ययन भत्ताको व्यवस्था गरिएको छ । सहभागिलाई आज पहिलो दिन १८ प्रश्नपत्र उपलब्ध गराईएको छ । उत्कृष्ट उत्तरदातालाई पुरस्कृत गर्नको लागि हरी तिमिल्सिना, तोयानाथ पहाडी र भुवनेश्वर लामिछानेको मूल्यांकन समिति बनाईएको मदन भण्डारी फाउण्डेशन बाँकेका अध्यक्ष धितालले जानकारी गराए ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech