१३ बैशाख २०८१, बिहीबार

कोभिड १९ संक्रमण तेश्रो लहरको संभावित जोखिम न्यूनिकरण पुर्व तयारीको कार्य तत्काल गर्न उच्च अदालतको आदेश
  • न्युज मानसराेवर

बाँके।  उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले कोभिड–१९ संक्रमणको तेश्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नको लागि व्यवस्थित रुपमा पूर्व तयारी गर्न भेरी अस्पताल समेतका नाममा अन्तरिम आदेश दिएको छ ।
रिट निवेदमा नोबेल कोरोना भाईरस (कोभिड—१९) को संक्रमण नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रवन्ध र प्रर्याप्त पुर्व तयारी नगर्ने हो भने तेश्रो चरणको संक्रमणले अझ बढी जनधनको क्षति ब्यहोर्नु पर्ने र जसकोपरिणामस्वरुप आम नागरिकको जिवन, स्वास्थ्य लगायतका आधारभुत मानव अधिकार गंभिर उल्लघंन हुने भन्दै बाँकेका अधिकारकर्मी र कानून ब्यवशायीले गत असार ८ गते नेपालगंज उच्च अदालतमा परमादेशको रिट दायर गरेका थिए ।
अदालतका माननीय न्यायाधीशद्धय श्री टेकप्रसाद ढुङ्गाना र गोकर्ण डाँगी र गोकर्ण डाँगी संयुक्त इजलासर्ले नयाँ भेरियन्ट सहितको कोभिड –१९ संक्रमणको अवस्था हाल केही न्यून हुँदै गएको भए पनि तत्काल यसको तेश्रो लहर आउन सक्ने र त्यसबाट मुलतः बालबालिकाहरु धेरै प्रभावित हुन सक्ने भनी विश्वे स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा सचेत गराएको परिप्रेक्ष्यमा बाँके जिल्लामा कोभिड–१९ संक्रमणको तेश्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नको लागि व्यवस्थित रुपमा पूर्व तयारी गर्नको लागि तत्काल अवलम्बन गर्नुपर्ने उपाय र कोभिड–१९ संक्रमण भई निको भएका व्यक्तिहरुमा देखिएको प्रभाव  Post Covid – 19 impact) सम्बन्धमा जिल्लामा उपलब्ध जनस्वास्थ्यविद बाल रोग विशेषज्ञ सुरक्षा विद र सीमा व्यवस्थापनको अनुभवी विशेषज्ञ समेत रहेको एक अध्ययन समिति गठन गरी त्यसबाट प्रतिवेदन लिनु र उक्त प्रतिवेदनमा सुझाइएका विषयहरुको व्यवस्थित कार्यान्वयन गर्ने तयारी गर्नु भनी जिल्ला प्रशासन कार्यालय बाँके मा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई लेखी पठाउनू’ भन्ने आदेश भएको अदालतका सुचना अधिकारी बल बहादुर बिष्टले जानकारी दिनु भयो  ।
अन्तरिम आदेशको छलफलमा निवेदनका पक्षमा अधिवक्ताहरु सुनिल कुमार श्रेष्ठ, बसन्त गौतम, सुरेश कुमार गौतम, बिकास आचार्य, प्रभाकर भट्टराई, अमृता के.सी., बलबहादुर चन्द र लोक बहादुर शाह र विपक्षीहरुका तर्फबाट उपन्यायाधिवक्ता नबिन कुमार भट्ट र अधिवक्ता वश्वजीत तिवारीले बहश गर्नु भएको थियो ।
यसै गरि जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला स्वास्थ्य कार्यालय बाँके र भेरी अस्पताल बिकास समितिका प्रतिनिधि समेतले श्रव्य दृश्य संवादको माध्यमबाट बहश गर्नु भएको थियो ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech