१५ बैशाख २०८१, शनिबार

 कृषि र पशु क्षेत्रलाई यान्त्रीकरण गर्दै उद्यमशिलता बन्न अध्यक्ष रुचालको अपील
  • रबि रोकाया

बाँके बैजनाथ ।   कृषि र पशुको क्षेत्रलाई यान्त्रीकरण गर्दै उद्यमशिलता बन्न बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले अपील गरेका छन् । १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मा अध्यक्ष आम नागरिकलाई  उक्त  अपील गरेका हुन् ।

यान्त्रीकरण मार्फत गरिबी निवारण युवा पलाएन रोक्न सकिने बताउदै आफ्नै माटोमा सुन फलाउन उनले अनुरोध गरे ।

उनले कृषि पेशालाई आधुनिकरण गरी व्यवसायिक एवम् प्रतिस्पर्धात्मक बनाउन कृषि आन्त्रीकरण प्रवद्र्धन नीति २०७१ नै कार्यन्वयमा रहेको बताउदै युवा पुस्ताले कृषिमा उद्यमशिलता हुन आग्रह गरे ।

रुचालले बैजनाथ गाउँपालिकाले पशुमा निर्भर बनाउ हेफर मोडेल लाई अनुसरण गर्दे बाख्रा पकेट क्षेत्र र उत्पादन बस्तुको बजारीकरण सहकारी मार्फत गर्ने योजना कायान्वयन चरणमा रहेको बताए । अध्यक्ष रुचालले “धान उत्पादनमा बृद्धि, खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि नेपाल ” बनाउन सकिने तर्क राखेका थिए ।

कार्यक्रममा कृषि शाखा प्रमोद कुमार विश्वकर्माले वैजनाथ गाउंपालिका का तथ्यांक अनुसार करिव ३५०० हेक्टरमा धान खेती गरेको र प्रति हेक्टर ३.२ मे.टन उत्पादकत्व रहेको छ । यस पालिकामा धान वालीको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट धान पकेट क्षेत्रको छनौट भई आ.व.२०७६÷०७७ देखि वैजनाथ गाउंपालिकाको वडा नं.३ मा अवस्थित मिलिजुली कृषक समूहले संचालन गरि रहेको जानकारी गराए ।

यसै गरी बैजनाथ गाउँपालिका वडा न ३ का अध्यक्ष राम चरण थारुले सहभागि सबैलाई स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए । उनले धान मात्र नभएर समुहमा आवद्ध दिदी बहिनीहरुले अन्य गतिविधिहरु समेत सञ्चालन गर्न आग्रह गरेका थिए ।

सहभागि जनप्रतिनिधि,  कर्मचारी ,समुह सदस्य ,पत्रकार लगाएतले वडा न ३ मा धान रोप्ने कार्य समेत गरेका थिए ।

विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो ।विश्वको ३।५ अरव जनसंख्याको आधारभूत खाद्य वस्तु को रुपमा रहेको धान खाद्य तथा पोषण सुरक्षाका लागि मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख श्रोत हो ।

संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ जसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुन्छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछी क्रमशस् भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु हुन् भने नेपाल १७ औं स्थानमा पर्दछ

कार्यक्रममा वडा वडा अध्यक्ष कार्यपालिका सदस्य स्थानीय बुद्धिजीवि पत्रकार समुह लगाएतको सहभागिता रहेको थियो ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech