१५ चैत्र २०८०, बिहीबार

अब कोहलपुर नगरपालिकाले व्यहोर्ने छ डाक्टर पठ्ने खर्च

नगरपालिकाले हरेक वर्ष एक जनालाई डाक्टर पढाउने नीति तथा कार्यक्रम समावेश गरेको छ ।

  • न्युज मानसराेवर

कोहलपुर ।  कोहलपुर नगरपालिकाले प्रत्येक वर्ष एक जना बिद्यार्थीलाई एमबीबीएस पढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।

त्यसका लागि कोहलपुरमै रहेको शिक्षण अस्पताल कोहलपुरसंग समन्वय गरिने  प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिका  मेयर लुट बहादुर (एल्बी रावतले एमबीबीएस पढाईका लागि मेडिकल कलेजले कति छुट गर्न सक्ने बारे छलफल  भइरहेको  जानकारी गराएका छन् । (एल्बी) रावतका   अनुसार मेडिकल कलेजले दिने छुट बाहेकको रकम कोलपुर नगरपालिकाले व्यहोर्ने छ ।

हरेक वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिने रावतले  उल्लेख गरेका छन् ।  आफ्नै नगरपालिकामा मेडिकल कलजे भएपछि त्यसको फाईदा स्थानीय बिद्यार्थीहरुले लिन सकुन भन्ने उदेश्य अनुसार कार्यक्रम ल्याइएको हो, उनले भने ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech