१२ श्रावण २०८१, शनिबार

बैजनाथमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता अभिमुखिकरण
  • न्युज मानसराेवर

बैजनाथ  (बाँके) : बाँकेको बैजनाथ गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखिकरण गरिएको छ ।

अभिमुखिकरणमा बोल्दै पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पालिका नजिकको स्थानीय सरकार भएको स्मरण गराउदै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धीका सम्पुर्ण सेवा लाभग्राहीले सहज रुपमा पाउनुपर्नेमा जोड दिंदै उनिहरुले सहजरुपमा सेवा पाए वा नपाए त्यसको जसअपजस लिन सदैव तयार रहनुपर्ने बताए ।

पालिकाका अध्यक्ष ठकुरीले बैङ्कले दिने सेवाको कारणले पनि कतिपय अवस्थामा लाभग्राहीहरुले सेवा लिनमा ढिलाई र असहजता व्यहोर्नु परेको कारण यसको समाधानका लागि सम्बन्धित निकायसंग पालिकाले पहल गरेर यस विषयलाई सहज बनाउने प्रतिबद्धता समेत गरे ।

उनले व्यक्तिगत घटना दर्ता नै सामाजिक सुरक्षाको बलियो आधार प्रमाण भएकोले पालिकाको कुनै पनि स्थानीय नागरिक बन्चित नहुने गरि काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । अभिमुखिकरणमा त्यहाँका कर्मचारी र जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ताको समयमा आईपर्ने समस्याका बारेमा छलफल गरेका थिए भने अध्यक्ष ठकुरीले हरेक समस्यालाई कानुनको दायरा भित्र रहेर सुल्झाउन आग्रह गरेका थिए ।

बैजनाथ गाउपालिकाका सचिव तथा सामाजिक एवं पञ्जिकरण शाखा प्रमुख धनबहादुर नेपालीले सहजिकरण गरेको कार्यक्रममा उपाध्यक्ष सारदा रेग्मी विश्वकर्मा, प्रमुख प्रशाशकिय अधिकृत दानबहादुर ऐडी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडासदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech