१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण
  • न्युज मानसराेवर

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्र रहेका विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण गरेको छ । कोहलपुर नगरपालिका भित्रका ६३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई प्राविधिक नापजाँच सहित सहयोगी सामाग्री वितरण गरिएको हो ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग महासंघ बाँकेको आयोजना तथा डेक नेपालको व्यवस्थापनमा कोहलपुर नगरपालिका भित्रका ६३ जना अपङ्गता भएका व्यक्तिहरुलाई सो सामाग्री वितरण गरिएको छ । वितरण गरिएका सामाग्रीहरु ट्राईसाईकल ८, बैशाखी ६ जोडिी, श्रावण सामाग्री १० वटा, सेतो छडी ८ वटा, ट्याईलेट चियर ३ वटा, एल्बोफचेट ४ वटा, एलिस्टिक १ वटा र ह्विल चियर १८ वटा रहेका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले नगरपालिका क्षेत्रभित्रका अपांग भएका व्यक्तिहरुको जीवन शैलीमा सहजता तथा सकरात्मक परिवर्तन ल्याउन अपांगता सहायता सामग्री वितरण गरेको बताए ।

उनले नगरपालिका क्षेत्रमा भएका अपांग व्यक्तिहरुसँगै वृद्ध, वृद्धाहरुलाई समेत विशेष सम्बोधन गर्दै आएको उल्लेख गर्दै विभिन्न प्रकृतिका अपङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापनका लागि राज्यले विशेष नीति लिन आवश्यक रहेको उल्लेख गरे ।

संविधान सभाका सदस्य देबराज भारले नेपालको संविधान २०७२ले शारीरिक र मानिसक रुपमा अशक्त भएका व्यक्तिहरुको अधिकार सुनिश्चित भएको बताउँदै राज्यबाट पाउनुपर्ने सुविधा राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिए । राष्ट्रिय अपाङ्ग महासंघ बाँकेकी अध्यक्ष दिपा कुमारी थापाले कोहलपुर नगरपालिकाले उपलब्ध गराएको सामाग्रीबाट अपाङ्ग भएका व्यक्तिहरुको दैनिक जीवन संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech