३० असार २०८१, शनिबार

नेपालगञ्जका सञ्चारकर्मी मोबिनुद्दिनको हृदय घातका कारण निधन
  • न्युज मानसराेवर

बाँके । नेपालगञ्जका सञ्चारकर्मी मोबिनुद्दिन सिद्दिकीको हृदय घातका कारण निधन भएको छ । उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुग्ने बित्तिकै अस्पतालले उनको मृत्यु भएको जनाएको छ ।

४३ वर्षिय सिद्दिकी नेपाल पत्रकार महासंघ बाँके साधारण सदस्य, मुस्लिम पत्रकार क्लबका सदस्य, प्रेस संगठन बाँकेको कार्यसमिति सदस्य समेत रहेका थिए । युथ टुडे न्युज डटकमका कार्यकारी सम्पादक समेत रहेका सिद्धिकी नेपालगञ्ज–१ धम्बोझी निवासी हुन । उनका एक छोरा, एक छोरी र श्रीमती छन् ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech