१२ श्रावण २०८१, शनिबार

सट्टेबाजीमा संलग्न ४ चिनियाँ नागरिक अखेटोपहारसहित पक्राउ
  • न्युज मानसराेवर

काठमाडौं । सट्टटेबाजीमा संलग्न रहेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ ज्याँठा क्वाबाहालमा जम्मा भई सट्टेबाजी खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३१ वर्षीय जाहो पेनुचेङ, ३४ वर्षीय मा जिङबिन, ३१ वर्षीय निउ युलाइङ र २८ वर्षीय पेङ हुई छन्। ज्याँठामा चिनियाँ नागरिक वोइनलङ सीले सञ्चालन गरेको जियाङ्गु खाजन होटलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहारसहित प्रहरीले उनीहरिलाई पक्राउ गरेको हो।

उनीहरुका साथबाट ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ नगद, दुर्लभ वन्यजन्तुको छाला, कस्तुरीको बिना, बुद्ध चित्र, रुद्राक्ष, बाघको दात, फलामको धारिलो खुकुरी र तलबारसहित पक्राउ गरेको हो।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech