५ श्रावण २०८१, शनिबार

कोहलपुरमा दोस्रो भेरोसेल खोप सेवा लिने संख्या १ हजार ७
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा १ हजार ७ जनाले  दोस्रो भेरोसेल खोप सेवा  लिएका छन् ।   आज बाट शुरु भएको दोस्रो खोप सेवा लिनका लागि नगरपालिकाले १५ वटा वडामा सेवा केन्द्र तोकेको थियो । दोस्रो खोप सेवा लिएका मध्य ५ सय ९ जना पुरुष, महिला ४ सय ९८ गरी १ हजार ७ को संख्या पुगेको हो । यसै गरी खोप सेवा भोलि समेत संचालन गरिने कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन् । छुटफुट रहेका सेवाग्राहीलाई खोप सेवा उपलब्ध गराईने खनालले उल्लेख गरेका छन् ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech