३० असार २०८१, शनिबार

सावधान ! कोहलपुरमा संक्रमित संख्या बृद्धि हुदै छ
  • न्युज मानसराेवर

कोहलपुर । पछिल्लो समय कोहलपुर नगरपालिकामा  कोरना संक्रमित  संख्या बृद्धि भएको छ । केही समय संक्रमित संंख्यामा गिरावट आउदै १० सम्म पुगेको संख्या  आज  १४ मा पुगेको हो । २० गते सम्म १० मा झरेको संख्या क्रमश २१ मा ११ र २२ मा १४ मा पुगेको छ । संक्रमित सबै होम आइसोलेसन छन् ।

संक्रमित संख्या  बृद्धि भए पछि कोहलपुर नगर स्वास्थ्य कार्यालयले सुरक्षित र सरकारले तोकिएमा मापदण्ड अनुसार अनिवार्य माक्स र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

संख्यामा बृद्धि हुनुको मुख्य कारण सामानिक दुरीको पालना नगर्नु र स्वास्थ्य मापदण्ड कार्यान्वयन नहुन प्रमुख हो’ कोभिड फोकल पर्सन गेहराज खनालले बताए । खनालले भने सार्वजनिक यातायात क्षेत्र र सरकारी कार्यालयमा अनिवार्य सामाजिक दुरी कायम गर्नु  पर्छ ।

सरकारी निकायमा असार मसान्त र धान रोप्ने कार्य सम्पन्न नहुदा सम्म संक्रमित संख्या बृद्धि हुने अनुमान गरिएको छ ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech