बाँके बैजनाथ। यही असार २३ र २४ गते छहजार ५६९ जना नेपाली नागरिक नेपाल भित्रिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार दुईदिनमा देशका विभिन्न नाकाबाट उक्त संख्याका नागरिक नेपाल भित्रिएका हुन्। यस्तै दुई दिनमा ९९ जना विदेशी नेपाल भित्रिएको कार्यालयले बताएको छ। उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएका हुन्। यसरी नेपाल भित्रिएका नागरिक र विदेशीलाई क्वारेन्टाइनमा राखेर अनुगमन भइरहेको बताइएको छ।