१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव रमेश आचार्यले गरे बैजनाथमा वृक्षारोपण

राष्ट्रिय युवा संघको केन्द्रीय अभियान अन्तगर्त देशभरिमा पाँच लाख बिरुवा वृक्षारोपण गर्ने बताइएको थियो ।

  • आर.के. छिनाल

बाँके बैजनाथ।  राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव रमेश आचार्यको प्रमुख अथित्यमा  बाँकेमा  वृक्षारोपण  गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा न १ गाभर भ्याली स्थित एक हजार बोट वृक्षारोपण गरिएको हो । राष्ट्रिय युवा संघको केन्द्रीय अभियान अन्तगर्त बाँकेमा वृक्षारोपण  गरिएको हो ।

राष्ट्रिय युवा संघको केन्द्रीय अभियान अन्तगर्त देशभरिमा पाँच लाख बिरुवा वृक्षारोपण गर्ने बताइएको थियो ।

प्रमुख अतिथि आचार्यले आभियान अन्तगर्त आफु र  केन्द्रिय टोली देश भर वृक्षारोपण  अभियानमा पार्टीका नेता कार्यकर्ता सबैलाई आचार्यले धन्यवाद दिए रहेको बताएका थिए । अभियानलाई सफल बनाउन सक्रिया भूमिका खेल्ले पालिका तथा जिल्ला स्थित राष्ट्रिय युवा संघ पार्टीका नेता कार्यकर्ता सबैलाई आचार्यले धन्यवाद दिए ।

बृक्षारोपण अभियानलाई पालिका स्तरीय राष्ट्रिय युवा संघ कमिटि र जिल्ला राष्ट्रिय युवा संघको सहकार्यमा वृक्षारोपण गरिएको थियो ।

अभियानमा व्यापक रुपमा युवा परिचाल गरिएको थियो ।

राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष तिकल विर सुनार  राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा स्थायी कमिटी सदस्य खेम शर्मा  लगाएत युवा तथा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता वृक्षारोपण  गरिएको नेतृ  निर्मला मल्लले जानकारी गराईन ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech