२५ मंसिर २०८०, सोमबार

जारी ९औँ कोहलपुर नगर सभामा ३ विधेयक पेश
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकाको ९ औँ नगरसभाको ५ औ बैठकमा ३ वटा बिधेयक पेश गरिएको छ । कोहलपुर नगरपालिका विधायन समितिका संयोजक भिम नेपालीले उक्त विधेयक पेश गरेका हुन । आर्थिक वर्ष २०७८।७९का लागि हाल कोहलपुर नगरपालिकामा बजेट माथीदफाबार  छलफल जारी रहेको छ ‘अब बैठकमा  थप प्रस्तुत विधेयक माथी समेत छलफल हुने छ ।

स्थानीय सरकारलाई चाएमान बनाउन बैठमा पेश ३ विधेयक सहित नगरले २० विधेयक नगर सभा बाट  पास गरिसकेको छ । मुख्य रुपमा आज नगर सभाको ५ औ बैठकमा वन ब्यवस्थापन सम्बन्धि बनेको विधेयक २०७८, स्थानीय निकाय मा स्थायी कर्मचारी को समायोजन सम्बन्धी बिधेयक २०७८ ,बडघर व्यबस्थापन सम्बन्धि बनेको बिधेयक २०७८ पशे गरिएको विधेयक समिति संयोजक भिम नेपालीले जानकारी गराए । हाल सम्म कोहलपुर नगरपालिले नगरशिक्षा ,नगर स्वास्थ ,नगर कृषि ,विपत्त व्यवस्थापन ,वातावरणिय प्रभाव परिक्षण ,नुगमन ,पुर्वधार, अपाङ्गता, जल स्रोत उपयोग लगाएत  बिधेयक यस अघि पास गरिसकेको छ ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech