१२ श्रावण २०८१, शनिबार

अमेरिकी खोप नेपाल आइपुग्यो
  • न्युज मानसराेवर

काठमाडौं ।   अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो ।

केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । खोपबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइँदै छ ।

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech