बाँके बैजनाथ । बाँके राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा रहेको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगतको शक्तिनगर र मुक्तीनगरका ७ जना किसानलाई बन्यजन्तुबाट भएको क्षतीको राहत वितरण गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक बनबाट आएका बन्यजन्तुले किसानको मसुरो केराउ, गहुँ र बंगुर क्षती गरेपछि ५८ हजार ५ साय ६० रुपैया किसानले एक कार्यक्रमका बिच मंगलवारका दिन प्राप्त गरेका छन् ।
राहत पाउनेहरुमा दुर्गा कुमारी उपाध्याय, कल्यानु थारु, कर्ण बहादुर बुढा, राम बहादुर थारु, बल बहादुर बुढा, सुरविर कार्की र टोप बहादुर पुन रहेका छन् । मध्यवर्ती क्षेत्रमा बन्यजन्तुले बालीनाली तथा घरपालुवा पंक्षी तथा चौपाया क्षती गरे सम्बन्धीत मध्यवर्ती समूहले मुचुल्का तयार गरी मध्यवर्ती समितिको सिफारिसमा निकुञ्जले सहजै क्षतीपुर्ती दिने गरेको छ ।
देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले समुदाय र सामुदायिक बन बिच घेरवार तथा समुदायमा संरक्षण प्रतिको सकारात्मक बुझाईले बन्यजन्तुको बासस्थान सुरक्षित हुँदै जाँदा समुदायमा बालीनाली क्षेतीमा कमी आएको छ । र बालीनाली क्षेती भए राहत पाउन समूह र समितिको पहल भए निकुञ्जले सहजै राहत दिने गरेको बताए ।