१२ श्रावण २०८१, शनिबार

कोहलपुर नगरपालिकाको सूचना तथा सञ्चार नीतिमा के के व्यवस्था छ’ हेर्नुहोस
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाले सूचना तथा सञ्चार नीति प्रति जवाफदेही रहेको पाईएको  छ ।  जिल्लाका अन्य  स्थानीय तहहरु भन्दा कोहलपुर नगरपालिकाले सूचना तथा सञ्चार नीति प्रति जवाफदेही देखिएको हो ।

कोहलपुर नगरपालिका स्थापना काल देखी कोहलपुरका सञ्चार क्षेत्रको विकास गर्न शत प्रतिशत अनुदानमा कप्यूट ल्यापटब उपलब्ध गराएको छ भने क्रियाशिल पत्रकारहरु लाई होसौला प्रदान गर्न लेखवृद्धि सम्मान र संचार ग्राम निमार्णका लागि जग्गा समेत उपलब्ध गराएको छ ।

नगरपालिकाले संचारको विकासका लागि पत्रकारिता तालिम ,लोककल्याणकारी विज्ञापन लगाएत क्षेत्रमा रकम विनियोज गर्दै आइरहेको कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्वी) रावतले जानकारी गराएका छन् ।

जिल्लाका अन्य स्थानीय तह हरु भन्दा भिन्दै पैचान कोहलपुरका संचार क्षेत्रको हुनु पर्छ भन्ने मान्यताले सूचना तथा सञ्चार नीति मार्फत नगर स्तरीय सञ्चार ग्रामको पुर्वाधारमा निमार्ण गरिने  छ  रावतले भनेका छन् । पत्रकारहरको सुरक्षाका लागि दुर्घटना बीमा र पेशागत दक्षता अभिबृद्धिका लागि विकास पत्रकारिता लेखनवृत्ति निरन्तरता गरिने आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम पास गरिएको छ । जनता संग जनप्रतिनिधि कार्यक्रम र बुलेटिन प्रकाशन गरिने उल्लेख गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चार नीतिको डाफ्ट र सरोकारवाला संग छलफल गरिए पनि पास गरिएको छैन सञ्चार नीति पास नहुदाँ मनमानी तरिकाले विज्ञापनको नाममा लाखौ रकम खर्च भइरहेको  बाँकेका पत्रकार शंकर  खनालले बताएका छन् । समग्र बाँके जिल्लाका स्थानीय तहहरुले सञ्चार नीतिको डाफ्ट अनुसार मात्र चलेको छन् ।’ विज्ञहरुको सुझावहरु लिने सरोकारवाला संग   छलफल गर्ने र सञ्चार नीति अनुसारको कार्य सम्मादन नभएको बताउछन् खनाल ।

संञ्चार नीतिको डाफ्ट  लाई  मुल्यांकन  गर्ने हो भने  कोहलपुर नगरपालिकाले अन्य स्थानीय तह हरु भन्दा सूचना र सञ्चार क्षेत्रमा  जवाफदेही देखिएको छ ‘ खनालले भने ।

 

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech