११ श्रावण २०८१, शुक्रबार

‘साउने सक्रान्तिका दिन घाटी लाउने तिलहरी’
  • आर.के. छिनाल

बाँके बैजनाथ । ‘साउने सक्रान्तिका दिन घाटी लाउने तिलहरी ‘ यो भाका कणार्ली जिल्ला मुगाली भाका हो । आज पनि यो भाका बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी ,गाभर ,बानियाभार क्षेत्रमा साउने सक्रान्ति पर्वको आगमनको स्वागतमा गाउने देउडा गित हो ।

२०३३ सालमा बाँकेको चिसापानी ,गाभर,बानियाभार क्षेत्रमा बसोबास गर्ने मुगाली समुदायमा देउडा गित गाउने चलन अझै रहको स्थानीय पत्रकार कृष्ण चौधरी भन्छन् ।

साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँल गायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ  देउडा गित मार्फत रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने
गर्दछन् ।

हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech