बाँके। सरकारले बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ गतेबाट लागु हुने गरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
आगामी भदौ २५ देखि अनिवार्य अवकाश पाउन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशको एक महीना अघि विदा बस्ने भएपछि शर्मालाई कामु प्रधानसेनापति तोकिएको हो ।