११ श्रावण २०८१, शुक्रबार

आजको मौसमः देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था
  • न्युज मानसराेवर

बाँके। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेकोले आज देशभर सामान्यदेखि पूर्ण बदली हुने बताएको छ।अहिले बागमती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो र राति प्रदेश–१,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।भारी वर्षा हुने क्षेत्रका पहाडी इलाकामा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech