११ श्रावण २०८१, शुक्रबार

सांसद पद कायम राख्न भन्दै पूर्वमाओवादीका ४ नेता सर्वोच्चमा
  • न्युज मानसराेवर

काठमाडौं। आफ्नो सांसद पद कायम राखिदिन माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन्। आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै संसदको रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्। बुधबार छुट्टा–छ्ट्टै दर्ता गरिएको चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech