१२ श्रावण २०८१, शनिबार

सावधान ! कोरना संक्रमण फैलिदै कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या २६मा पुगेको छ । १६ महिला , १० पुरुष गरी कूल २६ जनामा कोरना संक्रमित संख्या कोहलपुरमा पुगेको हो । आज ३ पुरुष  २ महिलामा संक्रमण फेला परेको हो ।  केही समय नियन्त्रणमा रहेको संक्रमित संख्या फेरी फैलिएको छ । स्वास्थ्य मापदण्ड पालना नहुनु संक्रमण फैलिनुको मुख्य कारण हो’ कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले भनेका छन ।

सक्रमित सबै होमआइसोलेसन छन । स्थानीय वडा कार्यालय स्थित स्वास्थ्य कार्यालयले संक्रमितलाई मनोपरामर्श सेवा दिइरहेको खनालले जानकारी गराएका छन। सामाजिक दुरी पालना गर्न र माक्स अनिवार्य रुपमा प्रयोग गर्न कोहलपुर स्वास्थ्य कार्यालयले सार्वजनिक अपिल गरेको छ । असार मसान्त  संक्रमित संख्या १० सम्म झरेको थियो । पछिल्लो सयम संक्रमित संख्या अझै थपिने  नगर स्वास्थ्य कार्यालयले  अनुमान गरको छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech