१२ श्रावण २०८१, शनिबार

नेपालमा ४६ हजार ४६९ हेक्टरमा आँप खेती

नेपालमै छ आँपको प्रचुर सम्भावना

  • न्युज मानसराेवर

बाँके।भारतको रामपुरमा सारमपुर आपँको मात्रै खेती हुन्छ। नेपालको पनि सर्लाही, वीरगंज जस्ता जिल्लामा आँपको मात्रै खेती गर्न कृषि विज्ञहरुले सुझाव दिँदै आएका छन्। नेपालमा आँपलाई सहायक फलफूल खेतीका रुपमा लिने गरिएको छ। नेपालका सिराहा, सप्तरी, सुनसरी, झापा, मोरङ्ग, उदयपुर, धनकुटा, सर्लाही, महोत्तरी, धनुषा, चितवन, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर र डडेलधुरामा आँप उत्पादन हुन्छ।

मधेशमा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखास जस्ता जातका आँप उत्पादन हुने गरेको छ। मधेशका सबै जिल्लामा ९० प्रतिशत खेती यी आँपको हुने गरेको छ।

सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी सप्तरी र सिराहा जिल्लामा आँप उत्पादन हुन्छ। सप्तरीमा ५ हजार हेक्टर तथा सिराहामा पनि पाँच हजार हेक्टरमा आँप उत्पादन हुन्छ। तराई, भित्री मधेश तथा मध्य पहाडको तल्लो क्षेत्रमा पकेट क्षेत्र विस्तार गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न सके यसबाट कृषकहरूले राम्रो आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको विज्ञ सुरज पोखरेल बताउँछन्।

पछिल्लो तथ्यांकअनुसार नेपालमा ४६ हजार ४६९ हेक्टरमा आँप खेती हुन्छ। त्यसमध्ये ३८ हजार ३५२ हेक्टरमा आँपको प्रचुर मात्रामा उत्पादन हुन्छ। बजारमा अहिले वार्षिक २७ लाख ८० हजार मेट्रिक टन आँपको खपत भइरहेको छ। तर खपत भएको आँपमध्ये ५० देखि ५५ प्रतिशत भारतबाट मात्रै आउने गरेको फलफूल व्यवसायी संघले जनाएको छ।

नेपाली आँप जेठदेखि बजारमा आउने गर्छ। नेपाली आँपको असारसम्म सिजन हुन्छ। नेपाली आँपले गत वर्ष २ महिना बजार धानेको थियो। तर, यस वर्ष घटेर १ महिना मात्रै नेपाली आँपले बजार धान्यो। फलफूल व्यवसायी संघका अध्यक्ष बानियाँले भने, ‘वैशाखमा भारतबाट पहेँलो आँप आउँछ, जसको कारोबार पनि दैनिक दुई करोड नै हुन्छ भने, असार मसान्त लागेसँगै भारतीय आँपले बजार ओगट्ने गरेको छ। उक्त आँप बजारमा साउनसम्म रहन्छ।’ नेपाल जस्तो कृषिप्रधान देशमा वर्षेनी आँपको बजार घट्दै गएका कारण वर्षेनी २ अर्बभन्दा धेरै रकम भारत जाने गरेको फलफूल व्यवसायी संघको दावि छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech