१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा आजदेखि कोरोना विरुद्धको ज्यान्सन खोप लगाइँदै
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा आजदेखि ४५ वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको अमेरिकन कम्पनी  जोन्सन एण्ड जोन्सन  बाट उत्पादित ज्यान्सन खोप लगाइँदैछ।

आजदेखि दुई दिनसम्म ४५ वर्ष र सो भन्दा माथिका उमेर समूहलाई जोन्सनको पहिलो मात्रा लगाइने नगरपालिकाले जनाएको हो। कोहलपुर नगरपालिका प्रशासकीय अधिकृत टोप बहादुर के.सी का अनुसार खोप कार्यक्रम १५ वटै वडामा सञ्चालन हुनेछ।

यस अघि कोहलपुर नगरपालिकाले साउन १० देखी १२ गते भेरोसेल खोप अभियान संचालन गरेको थियो ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech