१२ श्रावण २०८१, शनिबार

नेकपा एमाले बाँकेको क्रियाशिलता जारी
  • न्युज मानसराेवर

कोहलपुर । नेकपा एमाले बाँकेले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । एमाले बाँकेले सदस्यता नविकरण जनवर्गीय संगठन निमार्ण परिचालन सम्बन्धी नेकपा एमाले बाँकेले क्षेत्र नं.१ र क्षेत्र नं. २ बृह्त छलफल गरेको छ । जिल्ला अध्यक्ष सुर्य ढकालले दिएको जानकारी अनुसार देशको राजनितिक अवस्था र भावि रणनीतिका बारेमा बृह्त छलफल गरिएको बताएका छन।

ढकालले मुख्य रुपमा सदस्यता नविकरण २० गते भित्र गरि सक्ने २० बाकि रहेका जनवर्गिय सगठन पालिका स्तरिय कमिटी साउन मसान्त भित्र गठन गरि सक्ने ३० ७० बर्ष पुगिसकेका जेष्ठ कम्युनिस्ट योद्धा हरुलाई एक कार्यक्रमका विच सम्मान कार्यक्रम गर्ने जस्ता मुलभूत निर्णय गरिएको जानकारी गराए । क्षेत्र नं.२ को बैठकमा नेता हारुन हलुवाई, देवराज भार ,शान्ति ढकाल,केशव गिरी लगायतले आफनो भनाई राखेका थिए भने । क्षेत्र नं.१को बैठकमा नेता पुजन विक,,प्रेम भुषाल,रामदास थारु,आरति पौडेल ,गोपाल गिरी,नरेन्द्र शर्मा लगाएत आफ्नो धारण राखेका थिए ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech