कोहलपुर। सावधान कोहलपुर नगरपालिका क्षेत्रमा कोरना संक्रमितको उच्च जोखिम अवस्थामा पुग्ने सक्ने नगर स्वास्थ्य कार्यालयले जनाएको छ । साउन १० गते बाट कोहलपुर नगरपालिका क्षेत्रमा संक्रमित संख्यामा भारी बृद्धि भइरहेको छ ।
आज थप २ जना पुरुषमा कोरना सक्रमण फेला परेको छ । हिजो १० पुरुष र १६ महिलामा कोरना संक्रमण देखा परेको थियो ।’ यो संगै आज कोहलपुरमा संक्रमित संख्या २८ पुगेको छ । असार पहिलो हप्ता सम्म १० सम्म झरेको यो संख्या क्रमश बृद्धि दरमा रहेको छ । कोहलपुर नगर स्वास्थ्य कार्यालयले उच्च जोखिमको अवस्था मध्यनजर गर्दै पिसीआर परिक्षण दायरा बढाएको छ ‘कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।
खनालले दिएको जानकारी अनुसार हाल दुई वटा कन्ट्रयाक्ट ट्रशिङ टीम परिचालन गरिएको छ ‘ भने कोरना संक्रमणका लक्षण देखा परेका नागरिकहरुलाई २४ घण्टा मनोपरामर्श सेवा उपलब्ध गराइएको छ । संक्रमित सबै होमआइसोलेसमा छन । संक्रमित सबैलाई वडा स्वास्थ्य कार्यालयले मनोपरामर्श सेवा उपलब्ध गराइएको बताए ।
कोहलपुर नगर स्वास्थ्य कार्यालयले कोरना संक्रमित संख्यमा बृद्धि हुन सक्ने बताउदै स्वास्थ्य मापदण्ड कार्यान्वय गर्न अपिल गरेको छ । नगर स्वासथ्य कार्यालयले हाल कोरना विरुद्धको लागि खोप अभियान समेत संचालन गरिरहेको छ । सामाजिक दुरीको पालन र अनिवार्य माक्स लगाउन र भिटामिन सी युक्त खाना खान समेत अनुरोध गरेको छ ।