१२ श्रावण २०८१, शनिबार

नगर खोप अभियानः आज कोहलपुरमा १ हजार ३ सय ४४ ले लिए ज्यान्सन खोप सेवा
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा आज १ हजार ३ सय ४४ जनाले खोप सेवा लिएका छन । कोरोना विरुद्धको अमेरिकन कम्पनी जोन्सन एण्ड जोन्सन बाट उत्पादित ज्यान्सन खोप सेवा लिनेको संख्या १ हजार ३ सय ४४ जना पुगेको कोहलपुर नगर स्वास्थ्यले जनाएको छ ।
आजदेखि दुई दिनसम्म ५० देखी ५४ उमेर वर्ष  उमेर समूहलाई जोन्सनको खोप सेवा नगरपालिकाले उपलब्ध गराएको हो । खोप सेवा भोलि सम्म चल्ले बताइएको छ । खोप सेवा कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुमा संचालन गरिएको छ । यस अघि कोहलपुर नगरपालिकाले साउन १० देखी १२ गते भेरोसेल खोप अभियान संचालन गरेको थियो ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech