११ श्रावण २०८१, शुक्रबार

नेपालगन्ज–पोखरा हवाइ उडान सुरु
  • न्युज मानसराेवर

बाँके। बुद्ध एयरले सातामा ३ दिन उडान गर्ने गरी आइतबारदेखि नेपालगन्ज–पोखरा हवाइ उडान सुरु गरेको छ । पोखराबाट जहाज चढेर आएका पहुनाहरुको नेपालगन्ज व्यवसायी र पर्यटनकर्मीहरुलाई नेपालगन्ज बिमानस्थलमा स्वागत गरेका थिए ।
साताकोआइतबार, बुधबार र शुक्रबार नियमित सिधा हवाई उडान हुने जनाइएको छ ।

नेपालगन्ज पोखरा उडानले यहाँ पर्यटनले फडको मार्ने विश्वास गरिएको छ । यसअघि नेपालगन्ज आउनका लागि पोखराका पर्यटकहरु काठमाडौं जाने र त्यहाँबाट जहाज चढेर यहाँ आउनु पर्ने बाध्यता थियो ।

हाल उडान भइरहेको जहाज १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट हो । पोखराबाट नेपालगन्जका लागि बिहान ९–१० बजे र नेपालगन्जबाट पोखरा १० बजे जहजा उडेको थियो ।एकतर्फी उडानको समय ३५ मिनेट रहेको जनाईको छ । तस्विर समाजिक संजाल बाट साभार

 

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech