१२ श्रावण २०८१, शनिबार

नेपाल पक्षको केन्द्रीय समितिको बैठक सकियो, भोलि पुनः बस्ने
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ। बैठक भोलि बिहान साढे ११ बजे पुनः बस्नेछ। बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएका थिए। नेता रघुजी पन्तकाअनुसार बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशीलगायतले बोलेका छन्। बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको थियो।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech