१२ श्रावण २०८१, शनिबार

संक्रमित संख्या बृद्धि हुदै कोहलपुरमा

आज थप ८ जना संक्रमित सहित कुल ७१ जना संक्रमित होमआइसोलेसन

  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा आज थप आठ जना संक्रमित थपिएका छन । ७ पुरुष १ महिला सहित आठ जना संक्रमित कोहलपुरमा आज थपिएका हुन् । अब कोहलपुरमा कूल ७१ जना संक्रमित भएका छन । संक्रमित सबै होम आइसोलेसनमा छन।’कोहलपुर कोभिड १९ का फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।

३८ पुरुष ३३ महिला गरी कूल ७१ जना संक्रमित होम आइसोलेसन रहेका छ । यसै गरी आज २ जना महिला संक्रमित निको भएका छन । गत आर्थिक वर्षको असार १० गते बाट क्रमिक रुपमा कोहलपुरमा संक्रमित संख्यामा बढ्दै गइरहेको छ । कोहलपुर नगर स्वास्थ्य कार्यालयले आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । हाल कोहलपुर नगर स्वास्थ्य कार्यालयले कोभिड १९ परिक्षण निशुल्क गरिरहेको छ भने स्वास्थ्य समुह बनाई वडा स्तरमा संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजि कार्य समेत गरिरहेका छन।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech