बाँके। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमाले बाँकले आज कोहलपुरमा प्रदर्शन गर्ने भएको छ। सरकारले आयोग विघटन गर्ने निर्णयविरुद्ध नेकपा एमाले बाँकेका सबै भातृय संगठन र सुकुम्बासीहरूलाई आज ५ बजे कोहलपुर चौराहको प्रदर्शनमा सहभागिता जनाउन अनुरोध गरेको छ ।
नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सुर्य ढकालले सरकार विरुद्ध भातृय संगठन र साझा रुपमा सुकुम्बासी सम्मेलित जुलुस निकालिने जानकारी गराए । साथै ढकालले सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन सबै लाई अनुरोध पनि गरेका छन्। बाँकेमा भूमिहिन दलित ,सुकुमबासी र अव्यवस्थित बसोबासी ५५ हजार भन्दा माथी रहेका छन ।