१२ श्रावण २०८१, शनिबार

आज कोहलपुर चौराहमा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमाले बाँकले आज कोहलपुरमा प्रदर्शन गर्ने भएको छ। सरकारले आयोग विघटन गर्ने निर्णयविरुद्ध नेकपा एमाले बाँकेका सबै भातृय संगठन र सुकुम्बासीहरूलाई आज ५ बजे  कोहलपुर चौराहको प्रदर्शनमा सहभागिता जनाउन अनुरोध गरेको छ ।

नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सुर्य ढकालले सरकार विरुद्ध भातृय संगठन  र साझा रुपमा  सुकुम्बासी सम्मेलित  जुलुस निकालिने जानकारी गराए । साथै ढकालले सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन सबै लाई अनुरोध पनि गरेका छन्।  बाँकेमा भूमिहिन दलित ,सुकुमबासी र अव्यवस्थित बसोबासी ५५ हजार भन्दा माथी रहेका छन ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech