१२ श्रावण २०८१, शनिबार

उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने सरकारको नीति

प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदै

  • न्युज मानसराेवर

काठमाडौं– सत्तारुढ गठबन्धन दलले ‘सरकारको साझा नीति तथा कार्यक्रम’ सार्वजनिक गरेको छ। उक्त कार्यक्रम बनाउन गठित कार्यदलका संयोजक पूर्णबहादृुर खड्काले आइतबार यो दस्तावेज सार्वजनिक गरेका हुन्।

कार्यक्रममा कोभिड–१९ को महामारीले निम्त्याएको मानवीय सङ्कट सम्बोधनलाई उच्च प्राथमिकतामा राखिएको छ। १५ पृष्ठको उक्त दस्तावेजको प्रस्तावनामा सबल र समृद्ध नेपालको निर्माण गर्ने सङ्कल्प गर्ने क्रममा प्रतिनिधिसभा विघटन र त्यसपछि भएका आन्दोलनको चर्चा गरिएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल तथा सरकारलाई समर्थन गर्ने दलहरूको सहमतिमा दस्तावेज तयार भएको हो।

सत्ता गठबन्धनका दलहरूले देउवा सरकारका लागि कोभिड(१९ को विपद्, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक सामाजिक रूपान्तरण सहितका १० वटा क्षेत्रमा नीति र कार्यक्रमहरू तय गरेका छन्। त्यसमा चैत महिनासम्म खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्नेदेखि सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै पूर्वतयारीमा जोड दिइने भनिएको छ।

विगतमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गरेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्तावबारे भने उक्त दस्तावेजमा केही उल्लेख छैन।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech