२७ भाद्र २०८१, बिहीबार

थारु समुदायको पहिचान जोगाँउन आवश्यकः पूर्व मन्त्री दहित
  • न्युज मानसराेवर

कोहलपुर। थारु समाजमा निकै प्रभावकारी मानिने संगठन बरघर प्रणाली भए पनि विभिन्न कारणले लोप हुने खतरामा रहेको बताउँदै बरघरको कानूनी मान्यता पाउनका लागि विगत २ दशकदेखि राज्य संग संघर्षरत रहेको  पूर्व मन्त्री गोपाल दहितले भनेका छन ।

दहितले कोहलपुर स्थित श्री सिद्धार्थ एकीकृत समाज विकास केन्द्र रझेनाको आयोजनामा बरघर प्रणाली संरक्षण, प्रर्वधन र विकास गर्न बनेको ऐनको प्रभावकारी कार्यान्वयन बारे अन्र्तक्रिया उक्त कुरा भनेका हुन।  थारु समुदायको मौलिकता र संस्कार लाई बचाउँन आजको आवश्यकता रहेको समेत दहितले  औल्याएका छन।

अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिका उपमेयर सन्जु कुमारी थारुले   समुदायको पहिचान बरघर प्रणालीलाई   नगरपालिकाले  मान्यता दिएको बताइन। उपमेयर थारुले  स्थानीय सरकारले बरघर प्रणाली संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको ऐन २०७८ कोहलपुर नगर सभाबाट २०७७ पौष २५ गते पारी भई २०७८ असार ३० मा कोहलपुर राजपत्रमा प्रकाशित गरिएको जानकारी गराइन।

समग्र जनप्रतिनिधि लाई धन्यवाद दिदै थारु समुदायको संस्कार प्रवद्र्धन र यसको बजारीकरण आवश्यक रहेको बताउदै समुदायको अधिकार  संरक्षण नीति र कानूनी मान्यताका लागि सबै थारु समुदाय एक हुन आवश्यक रहेका उपमेयर थारुले उल्लेख गरिन् ।

अन्तरक्रिया कार्यक्रममा  थारु सामुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech