१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा
  • न्युज मानसराेवर

बुटवल। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।एमाले सांसद लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ।हिजोको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त रिट आज पेसीसूचीको आठौँ नम्बरमा छ। प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ। दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech