११ श्रावण २०८१, शुक्रबार

जमुनाहामा एक जना पुरुषको शव भेटियो
  • न्युज मानसराेवर

बाँके।\ नेपालगञ्जको सिमानाका जमुनाहा नजिक एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ७०–७५ बर्षका पुरुषको शव नेपालगञ्ज १५ को वडा कार्यालय नजिक पालभित्र सुतिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर बिष्टले जानकारी दिएका छन् ।

मृतक पुरुष भारतीय नागरिक भएपनि उनको नाम ठेगाना नखुलेको नायब निरीक्षक बिष्टले जानकारी दिए । पहिलादेखि नै सोही स्थानमा बस्दै आएका ती मृतक पुरुषलाई एउटा पाल व्यवस्था गरिदिएपछि उनी वडा कार्यालय नजिक सुत्दै आएका थिए । लामो समयदेखि त्यस स्थानमा बस्दै आएका ती मृतक पुरुषले आफ्नो नाम कसैलाई नभनेको प्रहरी नायब निरीक्षक बिष्टले बताए ।

मृतक पुरुषले बाटोमा पैसा माग्दै हिंड्ने गरेको र मागेको पैसाले रक्सी सेवन गर्ने गरेको स्थानीयहरुले बताएका छन् । धेरै रक्सी सेवन गरेर अत्याधिक चिसोमा बाहिर सुतेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवको मुचुल्का गरेर पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब निरीक्षक बिष्टले जानकारी दिएका छन् ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech