१२ श्रावण २०८१, शनिबार

नेपालगन्जको लुम्बिनी गार्मेन्टमा फेरि आगलागी
  • न्युज मानसराेवर

बाँके\  नेपालगन्जस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा फेरि आगलागि भएको छ । शुक्रवार राती करिव १ बजेतिर आगलागी भएको हो । महिला उद्यमी कास्मिरा खातुनले संचालन गरेको उक्त उद्योगमा चार करोड बढीको क्षती भएको संचालक खातुनले जानकारी दिइन ।

करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो । आगलागीबाट उद्योगमा रहेका सम्पुर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामाग्री जलेर नस्ट भएको उनले बताइन् । जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले लुम्बिनी गार्मेन्ट उद्योगमा राती आगलागि भएको बताए ।

आगोलाई नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको बताए । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech