बाँके\ प्रतिनिधि सभाको बैठक ५ दिनका लागि स्थगित भएको छ ।
आइतवार १ बजेका लागि बोलाइएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै २२ गते बिहीवार १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बैठक स्थगित भएको जानकारी संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचनामार्फत दिएका छन् ।
संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रको महाधिवेशन जारी रहेकाले सभामुखले बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।