बाँके जिल्ला बाट मन्त्री अथक सहित ३ जना केन्द्रिय सदस्य चयन
न्युज मानसराेवर
काेहलपुर । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा १११ जना चयन गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका थिए । प्रचण्डले घोषणा गरेका मध्ये बाँके जिल्ला बाट तीन जना केन्द्रिय सदस्यमा चयन भएका छन् ।उनीहरु महेश्वर गहतराज (अथक) ,पुर्णा कुमारी सुवेदी, अन्जना चौधरी हुन।