११ श्रावण २०८१, शुक्रबार

खाद्य अधिकार,सवाल पहिचान तथा सवाल दस्ताबेजिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न
  • रामकृष्ण छिनाल

बाँके ।  स्थानीय सरकार खाद्य अधिकार संजालको लागि खाद्य अधिकार,सवाल पहिचान तथा सवाल दस्ताबेजिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

फियान नेपालको आयोजनामा बैजनाथ गाउँपालिका स्थानीय खाद्य संजालका पदाधिकारीहरुलाई  अभिमुखिकरण गरिएको हो । फियान नेपालका क्षेत्रिय प्रमुख सुरेश गौतमले अभिमुखिकरण कार्यक्रको सहजीकरण गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा बैजनाथ वडा न १ का सहभागि सुरत गुरुङले  उद्पादन भएको खाद्यन जनावरबाट बचाउन गारो भएको छ । अन्न रहदैन उनले भनेका छन।  गुरुङले घर पालुवा बाख्रा लगाएत  पशुपंछि गजंली जनवार बाट सधै मासिन्छ यसको रोगथाम गर्नाका लागि स्थानीय सरकार जवाफदेही हुन आवश्यक रहेको बताए ।

अधिकारकर्मी जसविर वडले खाद्य अधिकार एक व्यक्तिको मात्र नभएर समग्र जनताहरुको रहेको बताए । उनले फियान नेपाल लाई धन्यवाद दिदै बैजनाथ गाउँपालिकाले (मोही)  समस्या व्यवस्थापनमा गर्नाका लागि रुचि नदिएको प्रति दुःख व्यक्त गरे। उनले स्थानीय सरकार र राज्यले यसमा गम्भिर हुन आवश्यक रहेको बताए।उनले साझा सवालहरुमा भूमि अधिकार लगाएतका खाने पानी जग्गाको स्वामित्व समेत लिन आवश्यक रहेको बताए ।

यसै गरी बैजनाथ वडा न ५ सिता सुनार सिमेन्ट उद्योग संचालन हुँदा आफुहरुलाई समस्या परेको बताइन। उनले सिमेन्ट उद्योगले तारबारमा विद्युत छोड्दा आवत जावतमा समस्या परेको बताइन।

यसै गरी   बैजनाथ गाउँपालिका वडन न ६ स्थित २८ घरका जंग बहादुर कार्कीले भूमि समस्या तत्काल समाधन गर्न राज्य र स्थानीय सरकार जवाफदेहीता हुनु पर्ने बताए ।

बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले खाद्य अधिकारका सवालहरु पैचान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताए ।  उनले स्थानीय खाद्य अधिकार संजालको मासिक बैठक राख्नु पर्ने र स्थानीय सरकारलाई सवालहरुमा घचघच्याउन आवश्यक रहेको औल्याएका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले खाद्य अधिकार समितिलाई धन्यवाद दिदै स्थानीय स्तरका सवालहरु माथी आवश्यक परामर्श सहित न्यायका लागि खड्ने यहाँहरुको योगदान उच्च छ ‘विकले भनिन । उनले स्थानीय सरकार यहाँहरु बाट उठाइएका समस्याहरुमा सधै साथमा रहेको बताए । विकले भूमिहिन सुकुमबासी समस्याका सन्दर्भमा संघिय सरकार बाट गरिएको निर्णय का कारण रोकिएको बताइन । उनले हाल लाई रोकिएता पनि अब छिटै गग्गा नापी हुने विश्वास व्यक्त गरेकी थिइन।

अभिमुखिकरण कार्यक्रममा कृषि खाने पानी ,बाडी पिडित बजार व्यवस्थापन अनुगमन लगाएतका साझा सवालहरु माथी छलफल समेत गरिएको थिए । स्थानीय खाद्य अधिकार संजालका पदाधिकार स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रमको अध्यक्ष स्थानीय खाद्य अधिकार संजालका अध्यक्ष एकता शाहको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech