१२ श्रावण २०८१, शनिबार

कोहलपुर नगरपालिकाद्वारा ओपिडि सेवा सहित आधारभुत अस्पताल सञ्चालन
  • न्युज मानसराेवर

बाँके\ बाँकेको कोहलपुर नगरपालिकाले वडा न २ स्थित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालमा ओपिडि सेवा सहितको आधारभुत अस्पताल सञ्चालनमा ल्याएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरी ओपिडि सेवा सहितको आधारभुत अस्पतालको आजबाट सञ्चालनमा आएको छ ।

उद्घाटन गर्दै कोहलपुर नगरपालिका रावतले दुई एमविविएस डाक्टर, दुई स्टाफ नर्स, दुई प्यारामेडिकल स्टाफ सहित ओपिडि सेवा सहित आधारभुत अस्पताल सुरु भएको बताए । ‘आधारभुत अस्पतालमा सामान्य विरामीको उपचार हुनेछ’ उनले भने ‘नियमित रुपमा सञ्चालन गर्नेछौ ।’ यहाँ पहिले अस्थायी कोभिड अस्पताल थियो र अहिले आधारभुत अस्पताल सहित ओपिडि सेवा सञ्चालन गरी जनतालाई सेवा दिइरहेको नगर प्रमुख रावतले बताए ।

रावतका अनुसार कोभिडको बेलामा नेपालगञ्ज मेडिकल, भेरी अस्पताल र खजुरा अस्पतालमा विरामी राख्न नपाउँदा आयुर्वेद तथा प्राकृतिक अस्पताललाई नै कोहलपुर नगरपालिकाले अस्थायी कोभिडि अस्पताल सञ्चालनमा ल्याएको थियौं । सो अस्पतालबाट कोभिडका १ सय ५० बढि विरामीहरुलाई उपचार भएको थियो । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको भवन नजिकै आधारभुत अस्पताल निर्माण हुन लागेको छ । अबको १ वर्षसम्म भित्र निर्माण कार्य सम्पन्न भएपछि यहाँको आभारभुत अस्पताल आफ्नै भवनबाट सेवा दिनेछ । हाललाई भने विरामीहरुको सम्पूर्ण उपचार खर्च निशुल्क रहेको रावतले बताए ।

 

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech