७ असार २०८२, शनिबार

काँग्रेस बाँकेको अधिवेशन फेरि सर्यो
  • न्युज मानसराेवर

बाँके\ नेपाली काँग्रेस बाँकेको अधिवेशन फेरि सरेको छ । राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी अब माघ १५ गते जिल्ला अधिवशेन हुने गरी तालिका संशोधन गरिएको नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

सचिव केशब रिजालले बुधवार एक प्रेस विज्ञप्ती जारी गरेर अधिवेशन सारिएको जानकारी दिए । यसअघि बाँकेसहित कैलाली, अछाम लगायत १६ जिल्लाको अधिवेशन यही पुष २७ गते तोकिएको थियो ।

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुँदैछ । बाँकेमा संस्थापन इतर समूहबाट नारायणप्रसाद गौडेल नेतृत्वको टिम मतदाता भेटघाटमा व्यस्त छ । तर संस्थापन समूहमा भने अझैपनि उम्मेदवार टुंगो लाग्न सकेको छैन् ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech