बाँके\ बाँकेको कोहलपुर–कुसुम सडकखण्ड अन्तर्गत राप्तीसोनारीको जंगलमा सवारीसाधन रोकी अभद्र व्यवहार गर्न खोज्ने ६ जनाको समुहलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार राती सात बजेतिर अगैयाभन्दा पूर्व सिक्टा र गाभरको जङ्गलमा सवारी साधनलाई जवरजस्ती रोकेर पैसा माग्ने र अभद्र व्यवहार गर्ने ६ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तुलसीपुर उपमानगरपालिका–७ का दुुर्गा टमटा, सन्तोष पहाडी, कमल परियार, रमेश टमटा, रविन टमटा, अनिल विक र लिलाधर परियारलाई प्रहरीले पक्राउ गरेको इप्रका कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए । ती युवाहरु २४-२५ वर्ष उमेर समुहका रहेका छन् ।