१२ श्रावण २०८१, शनिबार

बाघको आक्रमणबाट महिला घाइते
  • न्युज मानसराेवर

बाँके\ पातको लहरा काटिरहेको बेला थारुलाई बाघले आक्रमण गरेको थियो । पात काट्न प्रयोग हुने खुर्पाले बाघलाई आक्रमण गरेपछि आफू जोगिएको उनले बताइन् । थारुको हात र खुट्टामा बाघको नंग्राले घाउ भएको छ ।

‘म निहुरिएर पातको लहर काटिरहेका बेला एक्कासी झम्ट्यो । मैले उसको दुवै पन्जा हातले समाते । अनि चिच्याउँदै आफूसँग रहेको खुर्पाले प्रहार गरेँ,’ उनले भनिन्,‘मेरा साथीहरु चिच्चाएको आवाजले मेरो नजिक आए । बाघ सडकमा गएर बस्यो ।’ खुर्पा नभएको भए बाघले ज्यान लिनसक्ने उनले बताइन् ।

बाघले झम्टेपछि आफ्नो होशहवास गुमेको बताउँदै उनले भनिन्,’के गरौं थाहा भएन, खुर्पाले हानेँ ।’

राप्ती सोनारी गाउँपालिकाको सामुदायिक वनमा जानेहरुलाई बाघले आक्रमण गरिरहेको छ । केही दिनअघि वडा नम्बर ५ स्थित समय भवानी सामुदायिक वन छेउको आलीनगर बस्ती बाघले आक्रमण गर्न थालेपछि सर्वसाधारणहरुले महा बजाएर धपाएका थिए । बस्ती भएको क्षेत्रमा बाघको चहलपहल देखिएपछि निकुञ्ज प्रशासनले त्यस क्षेत्रमा हात्ती परिचालन गर्दै आएको छ ।

एक महिनाअघि पुर्वी गाभरको सामुदायिक वनमा बाघले आक्रमण गर्न थालेपछि हात्ती प्रयोग गरिएको थियो । राप्ती सोनारी गाउँपालिकामा करिब दुई दर्जन बढी सामुदायिक वन छन् । सामुदायिक वनहरु बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । सामुदायिक वन क्षेत्रले बाँके निकुञ्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोडेका कारण कम्दी जैविक मार्ग मानिएको छ । उक्त जैविक मार्ग भएर बन्यजन्तुहरु ओहोरदोहोर गर्छन् ।

स्थानीयको प्रयासमा कम्दि जैविक मार्गका सामुदायिक वनहरु संरक्षण गरिएपछि पछिल्लो समय फत्तेपुरदेखि बैजापुर क्षेत्रमा बाघको चहलपहल बढेको छ । स्थानीयका अनुसार त्यस क्षेत्रमा ५ वटा पाटे बाघ देखिने गरेका छन् । जंगल क्षेत्रको सडक भएर आउजाउ गर्दा बाघले आक्रमणको प्रयास गर्दै आएको छ । इकान्तिपुर

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech