१२ श्रावण २०८१, शनिबार

बाँकेमा ५ संक्रमित थपिए, २ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बिहीवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १७ नमुना जाँच्दा ४ र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा १२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना बाँकेका, २ जना बर्दियाका र १ जना कैलालीका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ११ पुगेको छ । यस्तै २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ५३ पुगेको छ ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech